यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
अखबार टुडे
प्रकाशित:
२०७९, २२ पुष

काठमाडौं, २२ पुस । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोजनाको प्रभावकारी व्यवस्थापन र आर्थिक लाभको सुनिश्चिताका लागि विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृत दिने निर्णय गरेको हो ।

सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐरी र चेतन ऐरीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको पनि बताए । मृतकको परिवारलाई १०–१० लाख आर्थिक सहयोग दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेको मन्त्री पौडेलले बताए ।

उनले कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउन सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको बताए । सरकारले अर्थ सचिवमा तोयमा राय र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रतिक्रिया