गण्डकीमा २५ पुसभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान
अखबार टुडे
प्रकाशित:
२०७९, २१ पुष

काठमाडौं, २१ पुस । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरिएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्री नियुक्तिमा दाबी पेश गर्न दलहरुलाई पुस २५ गते अपरान्ह ४ बजेसम्मको समय दिएको हो ।

गण्डकीमा कुनै पनि दलको एकल बहुमत नभएकोले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्नुपर्ने हुन्छ । गण्डकी प्रदेश सभामा ६० जना सांसद छन् । सरकार बनाउन बहुमतका लागि ३१ जना सांसदको समर्थन चाहिन्छ ।

केन्द्रमा गठबन्धन भएअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायत मिलेर नयाँ सरकार बनाउने सम्भावना छ ।

प्रतिक्रिया