कर्णालीमा सरकार गठनको आह्वान, ७ दिनको समय
अखबार टुडे
प्रकाशित:
२०७९, २१ पुष

काठमाडौं, २१ पुस । कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले ७ दिनभित्र सरकार गठनका लागि दावी पेश गर्न दलहरुलाई आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम यही पुस २७ गते सोमबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न जारी विज्ञप्तिमा भनिएको छ ।

४० सदस्य रहेको कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक÷ एकजना छन् ।

प्रतिक्रिया