राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते
अखबार टुडे
प्रकाशित:
२०७९, २१ पुष

काठमाडौं, २१ पुस । राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ मा कुनै सदस्यको पदावधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएमा बाँकी अवधिका लागि रिक्त भएको मितिले ३५ दिनभित्र गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया