सिद्धार्थनगरमा छाडा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि विरोध
अखबार टुडे
प्रकाशित:
२०७९, २१ पुष

बुटवल, २१ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा साँढेलाई जिउँदै ट्रकमा बाँधेर घिसारेपछि स्थानीयले विरोध जनाएका छन् ।

उक्त नगरपालिकाका नगर प्रहरीले बुधबार साँझ साँढेलाई लु १ ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर रक्ताम्य हुनेगरी घिसार्दै लगेका थिए । धेरैले उक्त कार्य अमानवीय भन्दै विरोध जनाएका हुन् ।

नगरपालिकाको उक्त कदमलाई लिएर मेयर इस्तियाक अहमद खानविरुद्ध बिहीबार बिहान नाराबाजीसमेत भएको छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त घटनाका विषयमा चासो देखाउँदै छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया