कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा शाह सर्वसम्मत
अखबार टुडे
प्रकाशित:
२०७९, २० पुष

काठमाडौं, २० पुस । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् ।

कैलाली क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित शाह दलको नेतामा सर्वसम्मत भएका हुन् ।

कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका ७ जनाले आकांक्षा राखेका थिए ।

तर अन्तिममा दलको नेतामा आकांक्षी रहेकाहरुले शाहलाई समर्थन गरेपछि उनी सर्वसम्मत चयन भएको प्रदेश महामन्त्री मेघराज खड्काले जानकारी दिए ।

प्रतिक्रिया