सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान, पुस २७ सम्मको समय
अखबार टुडे
प्रकाशित:
२०७९, २० पुष

काठमाडौं, २० पुस (एजेन्सी) । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुखको कार्यालयले दलहरूलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न पुस २७ गतेसम्म समय दिएको हो ।

कुनै एक दलको मात्र प्रदेशसभामा बहुमत नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न भनिएको छ ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले बुधबार जारी गरेको सूचनामा पुस २७ गते बुधबार अपरान्ह ५ बजेसम्म दाबी पेश गरिसक्न दलहरूलाई समय दिइएको छ ।

प्रतिक्रिया