सलमान खानलाई भेट्न ११ सय किलोमिटर साईकल यात्रा
अखबार टुडे
प्रकाशित:
२०७९, २० पुष

काठमाडौं, २० पुुस (एजेन्सी) । भारतीय अभिनेता सलमान खानललाई भेट्न उनको एक प्रशंसक ११ सय किलोमिटर साकइल यात्रा गरेका छन् ।

सलमानले २७ डिसेम्बरमा आफ्नो ५७ औं जन्मदिन मनाएका थिए । यही मौकामा सलमानलाई भेट्न ती प्रशंसकले ११ सय किलोमिटर साइकल यात्रा गरेका हुन् ।

साइकल यात्री समिरले चिसो मौसमको बेवास्ता गर्दै सलमानलाई भेट्नकै लागि २२ डिसेम्बरमा जबलपुरबाट साइकल चढेर २९ डिसेम्बरमा मुम्बई पुगेका थिए । सलमानले पनि आफ्ना प्रशंसकको भावनाको कदर गर्दै उनलाई भेटेका छन् ।

बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्टका सुरक्षा गार्डले सलमानलाई यसको जानकारी गराएपछि राति करिब ३ बजे सलमान सुटिङबाट फर्किएपछि उनले ती प्रशंसकलाई भेट्न अपार्टमेन्टमै बोलाएका थिए । त्यहाँ उनले समिरको यात्रा र जीवनका बारेमा जानकारी लिएर खाना खुवाए । साइकल र उनीसँग तस्बिर खिचाए ।

भारतीय सञ्चार माध्यमका अनुसार समीर सानैदेखि सलमानका ठूला प्रशंसक थिए । धेरै वर्षदेखि आफ्नो मनपर्ने स्टारलाई भेट्ने प्रयास गर्दै आएका समीरले हरेक वर्ष डिसेम्बर २७ तारिखमा सलमानको जन्मदिनको अवसरमा सलमानलाई भेट्ने आशमा मुम्बई पुग्ने गरेको बताएका छन् ।

प्रतिक्रिया