उपरथी प्रेम शाही सैनिक प्रहरीको नियन्त्रणमा
अखबार टुडे
प्रकाशित:
२०७९, १९ पुष

काठमाडौं, १९ पुस । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको छ ।

शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका गरेका थिए ।

उनको पक्षमा अदालतले आदेश दिएसँगै उनी हाजिर हुन जंगीअड्डा जाने क्रममा उनलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको हो ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले उनीमाथि छानबिन गर्नुपर्ने भएकाले निर्देशन अनुसार नियन्त्रणमा लिइएको बताए । उपरथी शाहीलाई ‘आर्थिक अनियमितता’ गरेको आरोप लगाइएको छ ।

उपरथीको उमेर हद ५८ वर्ष तोकिएको छ । सैनिक मुख्यालयमा पेस गरेको कागजातका आधारमा उनी २० पुसमा अवकाश जाँदै थिए । तर उपरथी शाही नागरिताका आधारमा अझै सेवा अवधि एक वर्ष बाँकी रहेको दाबीसहित सर्वोच्च पुगेका थिए ।

अवकाशको १५ दिन अघि बिदा बस्ने परम्परा अनुसार उनी बिदामा बसेका थिए । त्यही बीच अदालतले उनको एक वर्ष जागिर लम्बिने गरी आदेश दिएको थियो ।

उपरथी शाहीको चारित्रिक प्रमाणपत्रमा जन्म मिति २०२२ साल २० पुस छ भने नागरिकता र अन्य प्रमाणपत्रमा २०२३ पुस २२ उल्लेख भएको छ । सेनामा रहेको रेकर्डमा उनको जन्म मिति २०२२ पुस २० नै छ ।

अवकाशको पत्र बोकेर घर बिदामा बसेका उपरथी प्रेम शाही थप एक वर्ष सेवामा फर्किने संकेत छ । शाहीलाई अहिले स्वास्थ्य परिक्षणको लागि वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएको छ । उपरथी शाहीलाई अनुसन्धान पूरा नभएसम्मका लागि सैनिक मूख्यालयमै राखिने छ ।

प्रतिक्रिया