साउदी पुगे रोनाल्डो
अखबार टुडे
प्रकाशित:
२०७९, १९ पुष

काठमाडौं, १७ पुस (एजेन्सी) । विश्व प्रसिद्ध फुटबलर क्रिस्टियानो रोनाल्डो साउदी पुगेका छन् । अल–नासर क्लबमा आवद्ध भएका उनी औपचारिक रुपमा आजदेखि समाहित हुन साउदी अरव पुगेका हुन् ।

साउदी समय अनुसार सोमबार राति ११ बजे परिवारसहित पुगेका थिए । अल–नासर क्लबले मंगलबार रोनाल्डोको लागि औपचारिक स्वागत समारोह राखेको छ ।

साउदी समय अनुसार साँझ ७ बजे मार्सूल पार्कमा दुई घण्टाको स्वागत समारोह आयोजना गरिएको छ । जहाँ उनले सम्झौतामा हस्ताक्षर गर्नेछन् र प्रशंसक र मिडियालाई सम्बोधन गर्नेछन् । रोनाल्डोले अल–नासरमा कहिले डेब्यु गर्ने भन्ने क्लबले अझै घोषणा गरेको छैन ।

अल–नासरले आफ्नो कदमलाई ‘इतिहास बनाउन’ भनेको छ । यसले साउदी लिगलाई धेरै कोणबाट लाभ मिल्ने बताइएको छ । रोनाल्डो वार्षिक २०० मिलियन यूरो पारिश्रमिक पाउनेगरी तीन वर्षका लागि क्लबमा अनुबन्ध हुने भएका छन् ।

प्रतिक्रिया