विदेशबाट फर्केका नागरिकलाई अतिरिक्त मोबाइल ल्याउन दिन प्रधानमन्त्रीको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७९, १९ पुष

कामठमाडौं, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किंदा नागरिकलाई अतिरिक्त मोबाइल ल्याउन दिन निर्देशन दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले पुस १५ गते विदेशबाट ल्याइएका मोबाइलमा तत्काल कडाई नगर्न निर्देशन दिएका थिए ।

तर, उक्त निर्देशन कार्यान्वयन नभएपछि पधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेल र अर्थसचिव कृष्णहरि पुस्करलाई विदेशबाट ल्याइएका मोबाइलमा तत्काल कडाई नगर्ने निर्णय तत्काल कार्यान्वयन गराउन निर्देशन दिएका हुन् ।

‘रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरुले आफूसँग फर्किंदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ,’ प्रधामनन्त्री प्रचण्डको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ।

सोमबार अमेरिकाबाट फर्केका झापाका दुधलाल नेम्वाङले आफ्नो साथमा ल्याएको आइफोन एयरपोर्टका कर्मचारीले १८ प्रतिशत कर तिर्नुपर्ने भन्दै लिएपछि उनले त्यही छोडेर हिँडेका थिए ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अतिरिक्त मोबाइल ल्याउँदा भन्सार तिर्न बाध्य पारेको भन्दै सार्वजनिक रुपमा आलोचना बढेसँगै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

प्रतिक्रिया