रौतहट-२ का स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश
अखबार टुडे
प्रकाशित:
२०७९, १९ पुष

काठमाडौं, १९ पुस । रौतहट-२ का स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले साहलाई खाँदा ओढाएर टीका लगाई पार्टीमा स्वागत गरेका हुन् ।

उक्त अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का संघीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थिति रहेको थियो ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहले तत्कालीन सत गठबन्धनका उम्मेदवार तथा पुर्व मन्त्री हाल नख्खु कारागारमा रहेका महमद आफताभ आलमका छोरा फोर्दोस आलमलाई झन्डै ७ हजार मतको अन्तरले पराजित गरी विजयी भएका थिए ।

२०७७ सालमा जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका उनी गत निर्वाचनमा क्षेत्र २ मा एमाले जसपा गठबन्धनबाट जसपाका उम्मेदवार शैलेन्द्र साहले प्रतिनिधिसभा सदस्यको टिकट पाएपछि एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया