लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत
अखबार टुडे
प्रकाशित:
२०७९, १८ पुष

काठमाडौं, १८ पुस । लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् । लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेतामा चौधरीलाई सर्वसम्मत चयन गरेको हो ।

दाङ क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित चौधरी हाल पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री समेत हुन् ।

कांग्रेस संसदीय दलको नेताका लागि डिल्ली चौधरीसँगै राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिना, वीरबहादुर राना र निमा गिरीले संसदीय दलको नेतामा दाबी गरेका थिए ।

लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना सांसद छन् ।

प्रतिक्रिया