माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत
अखबार टुडे
प्रकाशित:
२०७९, १७ पुष

काठमाडौं, १७ पुस । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् । आज बसेको बैठकले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भट्टलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो ।

दलको नेता छान्न यस अघि हिजो पनि बैठक बसेको थियो । तर, प्रदेशसभा सांसद ओमविक्रम भाटले निर्वाचन हुनुपर्ने माग राखेपछि शनिवार सहमति हुन सकेको थिएन् ।

आइतबार बिहान भएको छलफलमा बहुमत सांसदहरुका मागअनुसार भट्टलाई नै दलको नेता बनाइएको हो । साथै माओवादीको नेतृत्वमा सरकार बनाउने पहल गर्ने जिम्मा पनि बैठकले भट्टलाई दिएको छ ।

प्रतिक्रिया