माओवादी गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७९, १७ पुष

पोखरा, १७ पुस । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमानलाई चयन गरेको छ । आइतबार बसेको प्रदेश कमिटीको बैठकले चुमानलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

यसअघि पनि उनी संसदीय दलको नेता थिए । एमाले–माओवादी मिलेर बनेको नेकपाका तर्फबाट पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । उनलाई प्रदेशको मुख्यमन्त्रीको दावेदारको रुपमा पनि हेरिएको छ ।

प्रतिक्रिया