गुरुङ समुदायले टुँडीखेलमा मनाए तमु ल्होसार (फोटो फिचरसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, १५ पुष

काठमाडौं । गुरूङ समुदायले आज देशभर धुमधामका साथ तमु ल्होसार मनाएका छन् । हरेक वर्षको पुस १५ गते तमु ल्होसार मनाइने गरिएको हो । तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

काठडमाडौं उपत्यका र आसपासमा बसोबास गर्दै आएका गुरुङ समुदायले टुँडीखेलमा जम्मा भएर ल्होसार मनाएका छन् ।

टुँडिखेलमा आयोजित ल्होसार कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । त्यसैले तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

यो पर्व गुरुङ समुदायले ‘तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ‘हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर ल्होसार मनाएका छन् । तमु ल्होसारका अवसरमा शुक्रबार राजधानीमा विभिन्न झाँकीसहित ¥याली निकालिएको छ ।

यसैबीच प्रधानमन्त्री प्रचण्डले तमु ल्होसारका निम्ति सरकारले दिने आर्थिक सहयोगसँग दोब्बर गर्ने घोषणा गरेका छन् ।

उनले भने, ‘तमु ल्होसार निम्ति बिगत सरकारले पनि सम्मान र सहानुभूति स्वरुप आर्थिक सहयोग गर्दै आएको मलाई थाहा छ । म पनि दोस्रो चोटी प्रधानमन्त्री हुँदा मैले बोलेको थिएँ । तर, मैले प्रधानमन्त्री छोडेपछि त्यो आर्थिक सहयोग भएन भनेर मलाई सुनाउनुभयो । यो पटक अहिलेसम्म दिइएको भन्दा बढी रकम दिइने छ । र, मेलै दिने छु ।’

प्रतिक्रिया