प्रदेश १ को कांग्रेस संसदीय दलको नेतामा उद्वव थापा निर्वाचित
अखबार टुडे
प्रकाशित:
२०७९, १५ पुष

काठमाडौ, १५ पुस । कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्वव थापा निर्वाचित भएका छन् । शुक्रबार बिहान भएकाो मतदानमा प्रदेश सभापति समेत रहेका थापाले १८ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिष्पर्धी केदार कार्कीले ९ र अमृत अर्यालले २ मत ल्याए । संसदीय दलको नेतामा निर्वाचित थापा सिटौला निकट नेता हुन्। प्रदेश १ मा कांग्रेसका २९ सांसद छन् ।

प्रतिक्रिया