एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा देवेन्द्र दाहाल
अखबार टुडे
प्रकाशित:
२०७९, १४ पुष

काठमाडौं, १४ पुस । नेकपा एमालेको राष्ट्रिय सभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनीत गरिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले संघीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनीत गरेका हुन् ।

राष्ट्रिय सभामा यसअघि एमालेका संसदीय दलका नेता खिमलाल भट्टराई थिए । नेता भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि संसदीय दलको नेता पद रिक्त थियो। मनोनीत दाहाल यसअघि दलका प्रमुख सचेतक थिए ।

प्रतिक्रिया