सुरक्षाकर्मीले कुटनीतिक नियोग र राजनीतिक दलका नेतृत्वसँग भेट्नु परे गृहको स्वीकृति लिनुपर्ने
अखबार टुडे
प्रकाशित:
२०७९, १४ पुष

काठमाडौं, १४ पुस । गृह मन्त्रालयले कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने अनिवार्य रुपमा स्वीकृति लिन सुरक्षा निकायका पदाधिकारीहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै सुरक्षा निकायका पदाधिकारीहरूले कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने गृहले बताएको हो ।

शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग, राजनैतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएकाले सो निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताएका छन् ।

यदि निर्देशन विपरीत सुरक्षा निकायका पदाधिकारीले कूटनीतिक नियोग र राजनीतिक दलका नेतासँग भेट गरे÷गराएको पाइए अनुशासनसम्बन्धी कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।

प्रतिक्रिया