न्यूनतम साझा कार्यक्रम ल्याउन ओलीको नेतृत्वमा समिति बनाउने गठबन्धनको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७९, १४ पुष

काठमाडौं, १४ पुस । सत्ता साझेदार दलले पाँच दिनभित्र सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने सहमति भएको गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

गृहमन्त्री लामिछानेका अनुसार सत्ता साझेदार दलको संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तोक्ने निर्णय गरेको छ ।

उनले भने, ‘न्यूनतम साझा कार्यक्रम ल्याउने सहमति भएको छ । सत्ता साझेदार दलको प्रमुखको रूपमा हामीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संयोजकका रूपमा अगाडि बढाउने निर्णय भयो । न्यूनतम साझा कार्यक्रम ल्याउन ओली नेतृत्वको समितिमा सरकारमा रहेका दलहरूबाट एक/एक जना सदस्य पनि पठाउने तयारी छ ।’

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सात दलको समर्थन छ । यसमा माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी छन् । आजको बैठमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली, रास्वपा अध्यक्ष लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी थिए ।

प्रतिक्रिया