चीनमा एकसाथ दुई सय गाडी ठोेक्किए
अखबार टुडे
प्रकाशित:
२०७९, १४ पुष

काठमाडौं, १४ पुस (एजेन्सी) । चीनको हेनान प्रान्तमा एकैसाथ दुई सय वटा गाडी आपसमा ठोक्किएर छन् । चिनियाँ समाचार च्यानल सीसीटीभीका अनुसार हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको जनाइएको छ । दुर्घटनास्थलको फोटो र भिडियो हेर्दा थुप्रै गाडीहरु एकैठाउँ थुप्रिएका छन् । सीसिटीभीले सार्वजनिक गरेको तस्बिरमा एउटा गाडीमाथि अर्को गाडी चढेको र कच्याककुचुक परेको देखिन्छ ।

दुर्घटना हुने बेला बाक्लो, हुस्सु र कुहिरो लागेको बताइएको छ । कमजोर दृष्यकै कारण दुर्घटना भएको हुनसक्ने अनुमान छ । स्थानीय मौसम विज्ञान सेवाका अनुसार झेंग्झाउ लगायतका धेरै क्षेत्रमा भिजिबिलिटी ५०० मिटर र केही क्षेत्रमा २०० मिटरभन्दा कम थियो ।

दुर्घटनामा धेरै मानिस घाइते भएका छन भने पुलमा अग्नि नियन्त्रकहरू परिचालन गरिएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको स्थानीय टेलिभिजनले जनाएको छ । दुर्घटनास्थलबाट गाडीहरु पन्छाएर यातायात सन्चालन गर्न उद्धारकर्ताहरु सक्रिय भएको बताइएको छ ।

प्रतिक्रिया