शेखर-गगन समूहको निष्कर्ष: सत्ता लिप्साले गठबन्धन टुट्यो
अखबार टुडे
प्रकाशित:
२०७९, १३ पुष

काठमाडौं, १३ पुस । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सत्ता लिप्साका कारण पाँच दलीय गठबन्धन टुटेको निष्कर्ष निकालेका छन् ।

बुधबार बसेको इतर समूहको बैठकपछि नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाको टिम ‘अपरिपक्क र स्वार्थमा केन्द्रित’ र सत्ता लिप्सामा केन्द्रित भएकाले गठबन्ध टुटेको निष्कर्ष निकालिएको जानकारी दिए ।

उनले अहिले देखिएको राजनीतिक घटना क्रमले पार्टीमा नैराश्यता उत्पन्न भएको बताए ।

बालुवाटारस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकले सभापति शेरबहादुर देउवाको भूमिका र पाँचदलीय गठबन्धन टुटेर विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गरिएको थियो ।

संसदीय दलको निर्वाचनदेखि अहिले सरकार निर्माण प्रक्रियासम्म भएका परिवेशबारे छलफलमा नेताहरूले आ–आफ्नो धारणा राखेको नेता अर्जुननरसिंह केसीले बताए ।

अब कसरी अगाडि बढ्ने भन्नेबारेमा केही दिनमा फेरि बैठक बसेर छलफल गर्ने उनले बताए । २२ गते बस्ने केन्द्रीय समिति बैठकअघि नै आफूहरू एउटा निचोडमा पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया