रामसहाय यादव जसपा संसदीय दलको नेतामा निर्विरोध चयन
अखबार टुडे
प्रकाशित:
२०७९, १३ पुष

काठमाडौं, १३ पुस । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा राम सहाय यादव निर्विरोध चयन भएका छन् । संसदीय दलको नेतामा दाबी गर्दै आएका अशोक राई पछि हटेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

रामसहाय यादवको मात्रै मनोनयन दर्ता भएकोले उनी निर्विरोध चयन भएको सांसद नवलकिसोर साहले जानकारी दिए । यादव जसपा अध्यक्ष उपेन्द्र यादवका विश्वास पात्र हुन् । उनी बारा २ बाट निर्वाचित भएका थिए ।

प्रतिनिधिसभामा जसपाका १२ सांसद छन् । जसपाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा रहेको अहिलेको सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी भने भएको छैन ।

प्रतिक्रिया