रेलले किचेर धनुषामा एक जनाको मृत्यु
प्रकाशित:
२०७९, १३ पुष

जनकपुरधाम, १३ पुस । जयनगरबाट–जनकपुर आउँदै गरेको रेलले किचेर धनुषामा एक जना पुरूषको मृत्यु भएको छ ।
विदेह नगरपालिका–९ स्थित वैदेही स्टेशनमा नगराइन नगरपालिका–२ बस्ने ३५ वर्षीय पुरन साहको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीका अनुसार चलिसकेको रेलमा दौडेर चढ्न खोज्दा दुर्घटना भएको हो । घटनास्थलमा मुचुल्का भइरहेको उनले बताए ।
प्रतिक्रिया
सम्बन्धित समाचार