आरआर क्याम्पसमा दुई समूहबीच झडप, खुकुरी प्रहार गर्ने ४ जना पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, १३ पुष

काठमाडौं, १३ पुस । प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा विद्यार्थीबीच झडप हुँदा खुकुरी प्रहार भएको छ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको दुई समूहबीच बुधबार झडप भएको हो ।

खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन् । खुकुरी प्रहार गरेको आरोपमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताएका छन् । पक्राउ पर्नेमा कृष्ण गिरि, झलक तामाङ, द्रुतराज लामा र सविन निरौला छन् ।

क्याम्पस इकाईका अध्यक्ष लोकेश खड्का र अनेरास्ववियु नेता समिप बडाल पक्षधरको बीचमा झडप भएको क्याम्पस ईकाइमा आबद्ध विद्यार्थीहरूले बताएका छन् ।

प्रतिक्रिया