आज यो वर्षकै चिसो
अखबार टुडे
प्रकाशित:
२०७९, १३ पुष

काठमाडौं, १३ पुस । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज यो वर्षकै कम देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज बुधबार बिहान उपत्यकाको तापक्रम ३.४ डिग्री सेल्सियस रहेको थियो । मौसमविद् राजु प्रधानांगका अनुसार मंगलबार साँझ ५।४५ बजेको मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस थियो ।

हाल देशको प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रहि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको कारण प्रदेश १ को हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै बिहानको समयमा देशको पश्चिम तराईका धेरै स्थानहरुमा साथै मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा हुस्सु–कुहिरो लागिरहेको विवभागले जनाएको छ ।

प्रतिक्रिया