निलम्बनमा परे नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ
अखबार टुडे
प्रकाशित:
२०७९, १२ पुष

काठमाडौं, १२ पुस । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङ निलम्बित भएका छन् । मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस सांसद गुरूङ निलम्बित भएको संसद सचिवालयले जनाएको हो ।

संसद सचिवालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरुङविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भई विचाराधीन अवस्थामा रहेकाले उनलाई निम्बित गरिएको जानकारी दिएको छ ।

भ्रष्टाचार मुद्दाको किनारा नलागेसम्म स्वतः निलम्बनमा रहने व्यवस्था अनुसार उनलाई पुस ८ गतेबाट निलम्बन गरिएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया