डेरा खोज्दै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा
अखबार टुडे
प्रकाशित:
२०७९, १२ पुष

काठमाडौं, १२ पुस । निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डेरा सर्न भाडाको घर खोजीमा छन् ।

बूढानीलकण्ठमा रहेको उनको घर मर्मत सम्भारका क्रममा रहेको र तत्काल सर्न नमिल्ने भएकाले देउवा डेरा सर्न भाडाको घर खोजीमा रहेको प्रमुख प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

बूढानीलकण्ठको घरको मर्मतकार्य जारी भएकाले अझै सम्पन्न गर्न दुई तीन महिना लाग्ने देखिएको प्रेस संयोजक परियारका बताए । भाडाको घर खोज्ने कार्य जारी रहेको र भेटिएलगत्तै सर्ने तयारी भएको उनले बताए ।

आइतबार नेकपा मओवादी केन्द्रका अध्यक्ष पपुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेसहित सात दल र केही स्वतन्त्र सांसदको सर्थनमा प्रधानमन्त्री नियुक्त भएसँगै निवर्तमान बनेका देउवाले सरकारी निवास छाड्दै छन् ।

यता प्रधानमन्त्रीमा नियुक्तलगत्तै सरकारी निवास बालुवाटार सर्नपर्ने भएपनि खाली नहुँदा प्रधानमन्त्री प्रचण्ड खुमलटारमा रहेको नीजि निवासमै बसेका छन् ।

प्रतिक्रिया