रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री
अखबार टुडे
प्रकाशित:
२०७९, ११ पुष

काठमाडौं, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा सहभागी हुने भएका छन् । प्रतिनिधिसभामा रास्वपाका २० सिट सांसद छन् । लामिछानेले आफू उपप्रधानमन्त्री र गृहमन्त्रीसहित सरकारमा जान लागेको बताए ।

‘म उपप्रधान र गृहमन्त्रीसहित सरकारमा जान लागेको हो’ उनले भने, ‘गठबन्धनमा यही समझदारी बनेको छ ।’ सोमबार नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धनको बैठकले सो निर्णय गरेको हो ।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शपथ लिँदैछन् । उनीसँगै तीन उपप्रधानमन्त्रीको पनि शपथको तयारी गरिएको छ ।

प्रतिक्रिया