प्रधानमन्त्री प्रचण्डसँगै तीन उपप्रधामन्त्रीले शपथ लिँदै
अखबार टुडे
प्रकाशित:
२०७९, ११ पुष

काठमाडौं, ११ पुस । आइतबार प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले ४ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनीयतको शपथ दिलाउनेछिन् । तेस्रोपटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सानो आकारको मन्त्रिपरिषद्समेत गठन गर्नेछन् ।

प्रधानमन्त्रीको शपथपछि तीन जना उपप्रधानमन्त्रीले शपथ लिने बताइएको छ । पावर शेयरिङबारे सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा तीन जना उपप्रधानमन्त्री रहने टुंगो लागेको हो ।

एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री हुने पक्का भएको छ । उनीहरूले कुन मन्त्रालयको जिम्मेवारी पाउँछन् भन्ने विषय भने स्पष्ट भइसकेको छैन ।

एमालेका पौेडेल अर्थ र माओवादीका श्रेष्ठ परराष्ट्रमन्त्री बन्ने सम्भावना छ । रवि लामिछानेले गृह मन्त्रालयमा दाबी गरेका छन् । तर, यस विषयमा प्रधानमन्त्रीले निर्णय गर्ने लामिछानेले बताए । उता एमालेबाट धनकुटाबाट निर्वाचित सांसद राजेन्द्र राई पनि मन्त्री हुने जनाइएको छ ।

प्रतिक्रिया