बन कार्यालयको भवन निर्माण कार्य तत्काल रोक्न धरानका मेयर हर्क सम्पाङको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७९, ११ पुष

धरान, ११ पुस । धरान उपमहानगरपालिकाले धरान १५ तीनकुनेमा निर्माणाधीन प्रदेश बन निर्देशनालयको भवन निर्माणको काम तत्काल रोक्ने निर्देशन दिएको छ ।

नक्सा पास नगरी र स्वीकृती नलिई भवन निर्माण गरेको भन्दै मेयर हर्कराज सम्पाङ राईले निर्माण कार्य रोक्ने निर्देशन दिएको हो ।

सूचनामा लेखिएको छ, ‘धरान उपमहानगरपालिकाको क्षेत्रभित्र भौतिक संरचना निर्माण गर्दा धरान उपमहानगरपालिकाको अनिवार्य निर्माण स्वीकृति लिनु पर्ने र नक्सा पास गराएर मात्रै निर्माण गर्नु पर्ने नियम रहेको हुँदा सो नियम अन्तर्गतको कुनै पनि प्रक्रिया पूरा नगरी नियम मिचेर बनाएको देखिएकाले निर्माण कार्य तुरुन्त रोकी प्रकृयामा आउनु होला । अन्यथा अवैध संरचना हटाउनु पर्ने नियमानुसार कारबाही अघि बढाइने व्यहोरा जानकारी गराइन्छ ।’

प्रदेश बन निर्देशनालयका ४ वटा भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । र भवन निर्माण सकेर सर्ने तयारीमा रहे पनि भवन निर्माणको नक्सा पास गरिएको छैन । अहिले निर्देशनालय धरान १३ मा भाडाको घरमा छ ।

प्रतिक्रिया