राप्रपा तत्काल सरकारमा जाँदैन : अध्यक्ष राजेन्द्र लिङदेन
अखबार टुडे
प्रकाशित:
२०७९, ११ पुष

काठमाडौं, ११ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका छन् ।

सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका अध्यक्ष लिङदेनले तत्काल आफूहरु सरकारमा नजाने बताएका हुन् । पत्रकारको प्रश्नमा उनले भने, ‘अहिले हामी सरकारमा जाँदैनौं । समर्थनमात्र गर्ने हो ।’

आइतबार नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थनसहित प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया