आज बालुवाटार छाड्दै देउवा
प्रकाशित:
२०७९, ११ पुष

काठमाडौं, ११ पुस । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न चार बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । त्यसअघि नै देउवाले बालुवाटारस्थित सरकारी निवास छाडेर बुढानिलकण्ठस्थित निजी निवास जान लागेका हुन् ।
आइतबार नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थनसहित प्रधानमन्त्री बनेका प्रचण्डले आजै मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार