बालकोटमा सहमति भए नयाँ सरकार, कति पुग्छ सिट ?
अखबार टुडे
प्रकाशित:
२०७९, १० पुष

काठमाडौं, १० पुस । पाँच दलीय सत्ता गठबन्धनबीच कुरा नमिलेपछि नेकपा माओवादी केन्द«का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ गठबन्धनको कसरतमा लागेका छन् ।

अर्को गठबन्धन बनाउन अध्यक्ष दाहाल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका हुन् । यसका लागि प्रचण्डले एमालेसँग सहयोग लिने तयारी गरेको छ ।

सत्ता गठबन्धनबीच सहमति हुने छाँटकाँट सकिँदै गएपछि अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरु वालकोट छलफलमा छन् ।

उनीहरुलाई ओलीले सरकार गठन गर्ने गरी छलफलमा बोलाएको बुझिएको छ । १६५ सांसद रहेको प्रतिनिधिसभा सरकार गठन गर्नका लागि १३८ सांसद आवश्यक पर्छ ।

यदि एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गर्न माओवादी केन्द्र, रास्वपा र राप्रपाको समर्थन भएका पुग्छ । नेकपा एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, रास्वपाका २० र राप्रपासँग १४ गरी १४४ मत रहेको छ । जसपासँग पनि १२ सिट छ । यो संख्या सरकार गठनका लागि बहुमत हो ।

आइतबार बसेको सत्ता गठबन्धन बैठकमा कांग्रेसले अडान नछाडेपछि सहमति जुट्न नसकेको हो । आइतबार बैठकमा कांग्रेसले प्रधानमन्त्री र राष्ट्रिपति दवै पद दाबी गरेका बताइएको छ । साथै प्रचण्डलाई दोस्रो पालोमा प्रधानमन्त्री पद लिन आग्रह गरेका कारण गठबन्धनबीच कुरा मिल्न नसकेको हो ।

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय आजै ५ बजे सकिँदैछ । तर, समय समय सकिन केही घण्टा मात्र बाँकी हुँदा पनि गठबन्धनबीच कुनै सहमति भएको छैन ।

प्रतिक्रिया