छलफलकै क्रममा बालुटारबाट निस्केका प्रचण्ड कहाँ गए ?
अखबार टुडे
प्रकाशित:
२०७९, १० पुष

काठमाडौं, १० पुस । सत्ता गठबन्धनको बैठकमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । छलफल चलिरहेकै बेला बैठक छाडेर हिँडेका प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

पार्टीका नेताद्वय नारायणकाजी श्रेष्ठ र देव गुरुङलाई लिएर केपी शर्मा ओली निवास बालकोट पुगेका हुन् । आइतबार बैठकमा कांग्रेसले प्रधानमन्त्री र राष्ट्रिपति दवै पद दाबी गरेका कारण गठबन्धनबीच कुरा मिल्न नसकेको हो । साथै प्रचण्डलाई दोस्रो पालोमा प्रधानमन्त्री पद लिन आग्रह गरेका थिए ।

कांग्रेसँग कुरा नमिलेको अवस्थामा कांग्र्रेस बाहेकका गठबन्धनले एमालेसँग सहकार्य गर्ने सम्भावना रहेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले कांग्रेससँग कुरा नमिले एमालेसँग सहकार्य हुने बतएका छन् । तर, सरकारका प्रवक्ता तथा कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने केही बेरमा पुनः गबन्धनको बैठक बस्ने प्रतिकृया दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज अपरान्ह ५ बजे सकिँदैछ । राष्ट्रपतिले यही पुस ३ गते नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन् । – नेट : अपडेट गरिएको

प्रतिक्रिया