छिमेकी मुलुकमा कोरोनाको बिएफ ७ भेरियन्ट भेटिएपछि स्वास्थ्य मन्त्रालयले भन्यो- ‘अनिवार्य मास्क लगाउनू’
अखबार टुडे
प्रकाशित:
२०७९, ८ पुष

काठमाडौं, ८ पुस । फरक स्वरुपमा कोरोना भाइरस संक्रमणको जोखिम देखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनिवार्य रुपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको वज्ञप्तिमा भनिएको छ– ‘मास्क प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रूपमा दुरी कायम राख्नु हुन र व्यक्तिगत सरसफाइमा ध्यान दिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’

पछिल्लो समय नेपालमा ओमिक्रोन भेरियन्टका संक्रमित मात्रै फेला परेका छन् । तर, भारत, चीन लगायत केहि देशमा संकमणको ‘बिएफ ७’ भेरियन्ट फेला परेपछि मन्त्रालयले सचेत गराएको हो ।

‘केही देशहरुमा संक्रमणका नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिँदै गएको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानि बढाउने एवं सम्बन्धित देशहरुसँग समन्वय गर्ने कार्य गरिरहेको छ,’ मन्त्रालयले भनेको छ । छिमेकी मुलुकहरूमा देखिएको यस भाइरस नेपालमा भने पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया