नवनिर्वाचित प्रतिनिधिसभा सांसदहरुले लिए शपथ
अखबार टुडे
प्रकाशित:
२०७९, ७ पुष

काठमाडौं, ७ पुस । नवनिर्वाचित प्रतिनिधिसभा सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशमशेर जबराले शपथ खुवाएका हुन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजना गरिएको शपथ समारोहमा धेरै पुरुष सांसदहरु दौरा सुरुवाल र महिला सांसदहरु सारी लगाएर आएका थिए । कतिपय सांसदहरुले आफ्नो जातीय पहिचान झल्काउने पोशाक लगाएका थिए ।

प्रतिनिधिसभामा २७५ जना सांसद छन् । विभिन्न १४ भाषामा २५ जना सांसदले शपथ लिएका थिए । अरूले नेपाली भाषामा शपथ लिएका छन् । आज १७ जना सांसद अनुपस्थित रहेका थिए । संवैधानिक व्यवस्था अनुसार सांसदका रूपमा कामकारबाही गर्नुभन्दा पहिले शपथ लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया