साबुन उद्योग निर्माणको काम रोक्न हर्क साम्पाङलाई अदालतको आदेश
अखबार टुडे
प्रकाशित:
२०७९, ७ पुष

विराटनगर, ७ पुस । उच्च अदालत विराटनगरले वन क्षेत्रमा साबुन उद्योग निर्माणको काम रोक्न धरान उपमहानगरपालिकालाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधबार निवेदनको किनारा नलागेसम्म काम अघि नबढाउन अन्तरिम आदेश जारी गरेको हो ।

वनको जग्गामा अनुमति नलिएको र वातावरणीय प्रभाव मूल्यांकन पनि नगरेका कारण अदालतले काम रोक्न अन्तरिम आदेश दिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

धरान उपमहानगरपालिकाले कार्यपालिका निर्णयका आधारमा धरान– २० मा पर्ने जलकन्या सामुदायिक वनको जग्गामा सावुन उद्योग निर्माणको काम सुरु गरेको थियो ।

मेयर हर्क सम्पाङले वनको जग्गामा वातावरणीय प्रभाव मूल्यांकन नगरी काम सुरु गरेपछि जिल्ला वन कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा रिट दायर गरेको थियो ।

मेयर साम्पाङले ‘माया धराने’ साबुन उद्योगका लागि काम समेत थालेका थिए । उद्योगका लागि उनले श्रम दान पनि सुरु गरेका थिए ।

प्रतिक्रिया