यी सांसदले लिँदैछन् मातृभाषामा शपथ (सूची)
अखबार टुडे
प्रकाशित:
२०७९, ७ पुष

काठमाडौं, ७ पुस । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण आज हुँदैछ । संसद सचिवालयले बिहीबार दिउँसो १ बजेका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा शपथ खुवाउन लागेको हो ।

नवनिर्वाचित सांसदहरुलाई जेष्ठ सदस्य पशुपतिशमशेर जवराले शपथ खुवाउनेछन् । जबराले भने बुधबार नै राष्ट्रपतिबाट शपथग्रहण गरिसकेका छन् ।

शपथ ग्रहण गर्ने प्रत्यक्षतर्फका १६५ र समानुपातिकका १०९ गरी २७४ प्रतिनिधिसभा सांसदमध्ये २६ जनाले आ–आफ्नै मातृ भाषामा शपथ लिनेछन् । आज हुने शपथग्रहण समारोहका लागि उनीहरूले यसअघि नै आफूले शपथ ग्रहण गर्न चाहेको मातृभाषा उल्लेख गराएका थिए ।

उर्दु, तामाङ, भोजपुरी, अवधि, थारु, मैथली लगायत मातृभाषामा उनीहरूले शपथ ग्रहण गर्ने भएका हुन् । जसअनुसार भोजपुरीमा तीन जना सांसदले शपथ लिने भएका छन् । यस्तै, तीन जनाले तामाङ भाषामा शपथ लिनेछन् ।

मैथली भाषामा तीन जनाले शपथ लिने छन् । सन्याली, नेपाल भाषा, कोयू भाषा लगायत अल्पसंख्यक समुदायले बोल्ने भाषामा पनि एक/एक जना सांसदले शपथ लिने भएका छन् । साथै, एक/एक जना सांसदले हिन्दी र संस्कृत भाषामा पनि शपथ लिने भएका छन् ।

क–कसले लिँदैछन् मातृ भाषामा शपथ ?

सराज अहमद फारुकी – उर्दु भाषा
हितबहादुर तामाङ – तामाङ भाषा
प्रदीप यादव – भोजपुरी भाषा
रुपा सोसी चौधरी – थारु भाषा
दुर्गा राई – कोइ/कोयू भाषा
रामसहाय प्रसाद यादव – भोजपुरी भाषा
रन्जु कुमारी झा – मैथली भाषा
कान्तिका सेजुवाल – नेपाली खस भाषा
अरुण कुमार चौधरी – थारु भाषा
गंगाराम चौधरी डगौरा – थारु भाषा
लालवीर चौधरी – थारु भाषा
विनिता कुमारी सिंह – मधेसी भाषा
चन्द्रकान्त राउत – मधेसी भाषा
अनिता देवी – मधेसी भाषा
सोनु मुर्मु – सन्याली भाषा
सुमना श्रेष्ठ – नेपाल भाषा
मनिष झा – मैथली भाषा
लक्ष्मी तिवारी – अवधि भाषा
अशोक कुमार चौधरी – थारु भाषा
मिना तामाङ – तामाङ भाषा
असिम साह – नेपाली÷मुस्लिम भाषा
सूर्यमान तामाङ दोङ – तामाङ भाषा
महिन्द्रराय यादव – हिन्दी भाषा
उमरादेवी यादव – भोजपुरी भाषा
किरण कुमार साह – संस्कृत भाषा

प्रतिक्रिया