हुस्सुका कारण त्रिभुवन विमानस्थलबाट उडान अवतरण ठप्प
अखबार टुडे
प्रकाशित:
२०७९, ७ पुष

काठमाण्डौं, ७ पुस । बाक्लो हुस्सुका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान ठप्प भएको छ ।

बिहानैदेखि हुस्सु लागेकाले कुनै पनि उडान तथा अवतरण हुन नसकेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । मौसम खुलेपछि मात्रै उडान र अवतरण सुरु हुने विमानस्थलले जनाएको छ ।

जहाजहरु होल्डमा रहेकाले मौसम खुलेपछि पनि उडान अवतरणमा केही ढिलाइ हुन सक्ने प्रवक्ता सिटौलाले जानकारी दिए ।

प्रतिक्रिया