राष्ट्रिय पोषक र नेपाली भाषामा शपथ लिन एमाले सांसदलाई ओलीको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७९, ६ पुष

काठमाडौं, ६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरुलाई शपथ ग्रहणमा सहभागी हुँदा राष्ट्रिय पोशाक लगाएर आउन निर्देशन दिएको छ ।

मंगलबार संसदीय दलको नेता सर्वसम्मत चयन भएका ओलीले मौखिक निर्देशन दिएको हो । साथै, सबै सांसदलाई नेपाली भाषामै शपथ लिनसमेत भनिएको छ ।

तर, अध्यक्ष ओलीको यस्तो निर्देशनले केही सांसदहरुले आफ्नो भाषा र भेषअनुसार शपथ लिन पनि पाउनुपर्ने बताएका छन् । संविधानमै आफ्नो मातृभाषा र पोशाकमा सपथ लिन सक्ने व्यवस्था भएकामा नेतृत्वले राष्ट्रिय भाषा र पोशाक अनिवार्यजस्तै गर्न खोजेको भन्दै केही सांसद असन्तुष्ट बनेका हुन् ।

प्रतिनिधिसभामा निर्वाचित सांसदहरुको शपथ बिहीबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा हुँदैछ । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया