रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश, शपथ लिने बाटो खुला
अखबार टुडे
प्रकाशित:
२०७९, ६ पुष

काठमाडौं, ६ पुस । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ ।

योसँगै रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यको शपथ लिन बाटो खुला भएको छ । रिट निवेदकले यो विवाद अन्त्य नहुँदासम्म शपथमा रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए । तर संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि उक्त नागरिकता त्याग गरेपछि नेपाली नागरिकता सक्रिय बनाउन सरकारी कार्यालयमा निवेदन नदिएका कारण हाल उनी नेपाली नागरिक नरहेको जिकिर रिट निवेदकको छ ।

प्रतिक्रिया