ट्वीटरको सीईओबाट राजीनामा दिने एलन मस्कको घोषणा
अखबार टुडे
प्रकाशित:
२०७९, ६ पुष

काठमाडौं, ६ पुस (एजेन्सी) । एलन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

मस्कले राजीनामा दिने घोषणा गर्नुअघि ट्वीटरको सिइओबाट अलग हुँदा ठीक कि नहुँदा ठीक भनेर भोटिङ पोल राखेका थिए । त्यसमा ५७.५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए भने ४२.५ प्रतिशतले अलग हुनु पर्दैन भन्ने पक्षमा मत दिएका थिए ।

भोटिङ पोल सिइओबाट अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि मस्कले बुधबार बिहान ट्वीट गर्दै सिइओ पदबाट छिट्टै राजीनामा दिने जानकारी दिएका हुन् । ट्वीटरमा उनले भनेका छन्, ‘म सिइओ पदबाट छिटोभन्दा छिटो राजीनामा दिनेछु । यसपछि म केबल सफ्टवेयर र सर्भर चलाउनेछु ।’

प्रतिक्रिया