कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, गगनले पाए २५ मत
अखबार टुडे
प्रकाशित:
२०७९, ६ पुष

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धि महामन्त्री गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।

बुधबार बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा ८९ जना सांसदले मतदान गरेका थिए । चुनावमा देउवा ६४ मत ल्याएर ल्याए भने उनको प्रतिस्पर्धामा उत्रिएका कांग्रेस महामन्त्री गगन थापा २५ मत पाएको नेता वीरबहादुर बलायरले जानकारी दिए ।

थापाले आफ्नै समूहका सांसदबाट मत पाएनन् । संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण थियो । तर गगनले २५ मत मात्र पाएका छन् ।

प्रतिक्रिया