कांग्रेसको भविष्यका लागि उम्मेदवारी फिर्ता लिन देउवालाई गगनको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७९, ५ पुष

काठमाडौंं, ५ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेताबाट उम्मेदवारी फिर्ता लिन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

मंगलबार संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले कांग्रेसको भविष्यका लागि उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय लिन सभापति देउवालाई आग्रह गरेका हुन् ।

उनले भने, ‘आदरणीय सभापति देउवाले उम्मेदवारी फिर्ता लिने कुरा ऐतिहासिक हुन्छ । सँगसँगै कांग्रेसको भविष्यका निम्ति वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंहलाई परिवर्तनको पक्षमा उभिन आग्रह गर्छु ।’

थापाले सभापति देउवाले उम्मेदवारी फिर्ता नलिए पनि सबै मतदाताले आफूलाई मत हाल्ने विश्वास रहेको बताए । उनले परिवर्तनको बेगलाई अगाडि बढाउनका लागि आफूले उम्मेदवारी दिएको बताए ।

प्रतिक्रिया