संसदीय दलको नेतामा देउवा र गगनको भिडन्त, शेखर पछि हटे
अखबार टुडे
प्रकाशित:
२०७९, ५ पुष

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट महामन्त्री गगन थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिने भएका छन् ।

आज लैनचौरस्थित एम्बास्डर होटलमा भएको संस्थापनइतर समूहको भेलाले महामन्त्री थापालाई उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको हो ।

संसदीय दलको नेताका लागि इतर समूहको नेतृत्व गरिरहेका शेखर कोइराला पनि आकांक्षी थिए । तर लामो छलफलपछि कोइरालाले थापाको नाममा सहमति जनाएका छन् । १५औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न महामन्त्री थापा सहमत भएपछि डा. शेखरले संसदीय दलको दाबी छाडेका हुन् ।

अब थापाले संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्नेछन् । आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । मतदान भोलि हुनेछ । कांग्रेसको विधानमा पार्टीले सरकारको नेतृत्व गर्ने अवसर आए संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ ।

प्रतिक्रिया