अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री अमेरिकाको लागि राजदूत नियुक्त
अखबार टुडे
प्रकाशित:
२०७९, ५ पुष

काठमाडौं, ५ पुस (एजेन्सी) । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड अमेरिकाको राजदूतमा नियुक्त भएका छन् । लेबर पार्टीका नेता केभिन रुड अष्ट्रेलियाका २६ औं प्रधानमन्त्री हुन् ।

उनी २००७ देखि २०१० सम्म अष्ट्रेलियाको प्रधानमन्त्री रहेका थिए । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पूर्वप्रधानमन्त्री केभिन रुडले राजदूत नियुक्तिलाई स्वीकारेर ठूलो सहयोग गरेको प्रतिक्रियासमेत दिएका छन् । चीनसँग निकट रहेका रुडलाई अमेरिकी राजदूत नियुक्त गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया