जनमत पार्टीको संसदीय दलको नेतामा डा. सिके राउत निर्वाचित
प्रकाशित:
२०७९, ४ पुष

काठमाडौं, ४ पुस । राष्ट्रिय जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन भएका छन् ।
आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको नवनिर्वाचित सांसदहरूको बैठकले दलको नेतामा राउतलाई सर्बसम्मत चयन गरेको हो ।
दलको उपनेता र प्रमुख सचेतक चयन गर्न आज (सोमबार) १० बजे पुन बैठक बोलाइएको पार्टीका नेता बीपी साहले जानकारी दिए ।
राउत मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा सप्तरी क्षेत्र नं. २ बाट भारी मतले विजयी भएका थिए । उनले निकतम प्रतिस्पधी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतले पराजित गरेका हुन् । जनमतका ६ सांसद छन् । राउत प्रत्यक्ष र अरु पाँच जना समानुपाति प्रणालीबाट चयन भएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
