क्यानेडियन अर्बपति दम्पतीको हत्यारा पत्ता लगाउनेलाई साढे ३ करोड डलर इनाम
अखबार टुडे
प्रकाशित:
२०७९, ३ पुष

ओटावा, ३ पुस । क्यानडाका एक अर्बपति दम्पतीको हत्यारा पत्ता लगाउनेलाई साढे ३ करोड डलर इनाम घोषणा गरिएको छ ।

पाँच वर्षअघि (सन् २०१७ डिसेम्बर १५) मा अर्बपति जोडी ब्यारी र हनी सेर्मनको रहस्यमयी तरिकाले मृत्यु भएको थियो । उनीहरु आफ्नै घरको स्विमिङ पुलमा मृत भेटिएको थिए ।

सुरूमा उनीहरूले आत्महत्या गरेको अनुमान गरिए पनि पछि हत्या भएको खुल्यो । तर उनको हत्या कसले गरेको भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

छोरा जोनाथन सेर्मनले बुवा–आमाको हत्या भएको पाँच वर्ष पुगेको दिन विज्ञप्ति जारी गर्दै उनले थप साढे २ करोड डलर इनाम दिने घोषणा गरेका हुन् । उनले यसअघि हत्यारा पत्ता लगाउनेलाई १ करोड डलर इनाम घोषणा गरिएको थियो ।

७५ वर्षीय ब्यारीको मृत्यु हुँदा उनीसँग ३ अर्ब डलर सम्पत्ति थियो । सन् १९७४ मा उनले औषधी उत्पादन गर्ने कम्पनी स्थापना गरेका थिए । उनीहरूले करोडौं डलर दान गरेका थिए ।

प्रतिक्रिया