बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार २’ हेर्दाहेर्दै एक युवकको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, ३ पुष

काठमाडौं, ३ पुस (एजेन्सी) । बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’ हेर्नेक्रममा एक युवकको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशका लक्ष्मीरेड्डी श्रीनुको फिल्म हेर्ने क्रममा मृत्यु भएको हो ।

फिल्म हेरिरहँदा ‘ओभर एक्साइटेड’ भएपछि श्रीनुको हृदयघातका कारण निधन भएको हो । उच्च रक्तचापबाट पीडित उनी फिल्म हेरिरहँदा अति उत्साह भएपछि हृदयघात भएको चिकित्सकले बताएका छन् । लक्ष्मी आफ्नो भाइका साथ फिल्म हेर्न गएकी थिइन् ।

फिल्म हेरिरहँदा उनी थिएटरको कुर्सीबाट लडेपछि तुरुन्तै अस्पताल पु¥याइएको थियो । जहाँ चिकित्सकले उनको निधन भइसकेको घोषणा गरेका थिए । यस्तै, घटना सन् २००९ मा पनि भएको थियो । ताइवानमा एक ४२ वर्षे व्यक्तिको ‘अवतार’ हेरिरहँदा हृदयघातका कारण निधन भएको थियो ।

गत शुक्रबारदेखि फिल्म ‘अवतारः द वे अफ वाटर’ प्रदर्शन भइरहेको छ । १२ वर्षपछि सिक्वेल रिलिज भएको फिल्मले विश्वभर राम्रो व्यापार गरिरहेको छ । जेम्स क्यामरुनले निर्देशन गरेको फिल्म ‘अवतार २’ ले भारतमा हाउसफुलको व्यापार गरिरहेको छ । फिल्मले दुई दिनमा १०० करोडभन्दा बढी कमाएको छ ।

प्रतिक्रिया